Ticker

6/recent/ticker-posts

लाग्नु रैछ चोट दिलमा

लाग्नु रैछ चोट दिलमा ,
तिमि सङ्गै भेट जुर्यो ।
भाग्नु रैछ खुसि जिन्दगिको
तिमि सङ्गै माया फुर्यो ।।
रमाएकै थिए आफ्नै सन्सारमा
नजिक तिम्ले नै बोलायौ ।
समाएकै थिए तिम्रा हत्केला
खेलौना तिम्ले नै खेलायौ।।
भै गो भैगो देखि सके मैले
चोखो मन देखाएर गयौ।
बाचा कसम त्याग तपस्या
कागजमा लेखाएर गयौ ।।
गार्हो हुदो रैछ चिन्न यहा
भितृ कलो रुप अनि पृत ।
मायाको नसामा लाग्दो रैछ
बिसै पनि जिबनको अमृत ।।
रोएको हैन तिमिलाइ पाउन
आसुले पिडा घटाउदो रहेछ ।
थाहै थिएन धोका के हो
साच्चि नै छाति फटाउदो रहेछ।।
रचना : मनोरथ
मिति 2077/11/09

Post a Comment

2 Comments